प्रचण्ड र विप्लव मेरो कमाण्डर हुनुहुन्छ : सुदर्शन
जनयुद्धको समयमा कम्युनिस्टहरु ढुंगामा पनि उमृनु पर्छ भन्ने भावनाका साथ संघर्षमा होमिएको बताए । उनले जनयुद्धका क्रममा आफू बाजुराबाट भाग्न सफल भएको बताउँदै एकीकृत क्रान्तिको क्रममा पनि आफू नख्खु जेलमा ३ बर्ष बसेको स्मरण गरे ।
‘हामी फेरि पनि कुइरोको काग जस्तो अल्मलिन थालेका छौं । हामी स्पस्ट रूपमा अगाडि जान सकेनौं भने इतिहासले कठोर मुल्यांकन गर्नेछ ।’, उनले भने, ‘प्रचण्ड र विप्लव मेरा दुबै कमान्डर हुनुहुन्छ, तपाईहरु इतिहास सम्झेर अगाडि बढौं । वैज्ञानिक समाजवादको दिशामा जानेबारे सोचौं ।’