गरिमा विकाश बैंकको “ग्लोबल मनी सप्ताह” २०२४ सम्पन्न
काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले ग्लोबल मनी सप्ताह विभिन्न कार्यक्रमहरु गर्दै सम्पन्न गरेको छ । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको सप्ताह विभिन्न कार्यक्रमहरुकाबिच भव्यरुपमा सम्पन्न गरेको हो। यो सन् २०१२ देखि विश्वभर मनाउने गरिएको (Global Money Week 2024) को १२ औँ शृङ्खला हो।
“Protect Your Money Secure your Future” भन्ने नाराका साथ विश्वव्यापी रुपमा २०२४ मार्च १८ देखि २४ सम्म मनाईएको यस कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेका विभिन्न स्कुल, कलेज, शैक्षिक संघ–संस्थाहरुसंगको समन्वयमा विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गर्दै वित्तीय साक्षरता, वित्तीय अन्तरक्रिया, शैक्षिक सामग्री वितरण, वित्तीय चेतना प्रभातफेरी लगायतका १८ वटा कार्यक्रमहरु सम्पन्न गरेको बैंकले विज्ञप्ती मार्फत जनाएको छ।’
बैंकले काठमाडौँ उपत्यकको हात्तीगौंडा, नयाबानेश्वर संगै झापाको बुधबारे, सर्लाहीको लालबन्दी, तनहुको दमौली, गोरखाको गोरखा बजार, नवलपरासीको सुनवल, स्याङ्जाको चापाकोट, कञ्चनपुरको महेन्द्रनगरमा वित्तीय साक्षरता, मोरङ्गको विराटचोक, धनुषाको जनकपुर, मकवानपुरको हेटौडा, कैलालीको धनगडी र लम्कीमा विद्यार्थीहरुलाई शाखा कार्यलयको अवलोकनभ्रमण गराउनुका साथै बाराको सिमरा, सुर्खेतको बिरेन्द्रनगर, काभ्रेपलाञ्चोकको बनेपा र कपिलवस्तूको चन्द्रौटामा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीवितरण कार्य सम्पन्न गरेको जारी विज्ञप्तीमा उल्लेख छ।’
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उल्लेखित कार्यक्रमहरुबाट देशभरका १३ सयभन्दा बढी विद्यार्थी प्रत्यक्षरुपमा लाभान्वित भएको र यस समय–समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमहरु गर्दै आईरहेको बैंकको दाबी छ ।
