अमेरिका जाने हो ? यसरी गर्नुहोस् निशुल्क एप्लाई

शनिबार, २४ चैत्र २०८०

काठमाडौं – अध्ययनका लागि अमेरिका जान चाहने विद्यार्थीको लागि खुशीको खबर छ । अब घरमै बसिबसी अमेरिकाको चर्चित विश्वविद्यालयको लोकप्रिय कोर्षमा आफै एप्लाई गर्न पाइने भएको छ । त्यो पनि कुनै पनि शुल्कबिना ।

अमेरिकाको क्यालिफोनियामा रहेको अलियन्ट इन्टरनेशनल युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि अप्लिकेशन शुल्क छुट गरेर विद्यार्थी भर्नाका लागि आह्वान गरेको छ । युनिभर्सिटीले डाइरेक्ट एप्लाई गर्दा स्कोप ग्लोबल वा उसले तोकेको व्यक्ति वा प्रतिनिधि संस्थाहरुमार्फत कोड उपलब्ध भए एप्लिकेशन शुल्क छुट हुन्छ । युनिभर्सिटीको मास्टर्स अफ हस्पिटालिटी म्यानेजमेन्ट कोर्ष अध्ययन गर्ने विद्यार्थीका लागि कक्षा सुरु गरेकै दिनदेखि सीपीटीसमेत उपलब्ध गराउने छ । यो युनिभर्सिटीले उपलब्ध गराउने एक प्रकारको प्रयोगात्मक कोर्ष हो । प्रयोगात्मक काम गरेबापत विद्यार्थीले पैसा पाउँछन् ।

यहाँ भर्ना हुन विद्यार्थीले म्यानेजमेन्टमा व्याचलर गरेको हुनुपर्छ भने अग्रेजी भाषा परिक्षा (आईईएलटिएस) मा ६ वा सोसरह ल्याएको हुनुपर्छ । साथै व्याचलर अंग्रेजी माध्ययमबाट अध्ययन गरेको हो भने सिधै भर्ना पाउने व्यवस्था पनि युनिभर्सिटीले गरेको छ । विद्यार्थीले यो विश्वविद्यालयमा घरमै बसिबसी एप्लाई गर्न सक्छन् । युनिभर्सिटीको वेवसाइट https://www.alliant.edu/ मा गएर सजिलै एप्लाई गर्ने सकिन्छ । यसमा एप्लाई गरिसके पछि एप्लिकेशन शुल्क छुटका लागि इस्कोप ग्लोबलका निर्देशक विक्रम केसीलाई ह्वाट्स्एपमा म्यासेज गरेपुग्छ । एप्लाई गरेको १ हप्तादेखि ९ दिनसम्म अफर लेटर (आई–२०) विद्यार्थीकै इमेलमा आउनेछ ।

‘इच्छुक विद्यार्थीहरूले हाम्रो क्यालिफोर्निया संयुक्त राज्य अमेरिकाको कार्यालयमा सम्पर्क गर्न सक्छन् ।’, मोटिभेट न्यूजसँग केसीले भने, ‘व्हाट्सएप नम्बर +15418292889 हो । हामी विद्यार्थीहरूलाई परामर्श दिन्छौं, आवेदन लिङ्कहरू, शुल्क माफी कोडहरू, भर्नासम्बन्धी थप परामर्श प्रदान गर्नेछौं ।’ दुई बर्षको यो कोर्ष पुरा गर्नका लागि जम्मा २७ हजार ५ सय ४० डलर लाग्ने छ । यो कोर्ष पुरा गर्ने वित्तिकै ओपिटी प्राप्त हुने स्कोप ग्लोबलका निर्देशक केसीले बताए । विद्यार्थीले स्कोपले काम गरिदिएबापत कुनै पनि रकम तिर्न पर्ने छैन ।