प्रभु बैंकले कागबेनीमा राख्यो ‘क्युआर कोर्ड स्ट्याण्ड’
काठमाडौं – प्रभु बैंक लिमिटेडले नगद रहित भुक्तानी प्रणालीका लागि मुस्ताङ्गको कागबेनीमा कागबेनीमा रहेको ‘कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समिति’ लाई क्युआर स्ट्याण्ड उपलब्ध गराएको छ । बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडा दसैँ र चैते दसैँअघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट आउने भक्तजनको सहजताका लागि क्युआर कोर्डसहित स्ट्याण्ड राखिएको हो ।
यसमा पिण्ड दान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास रहिआएको छ । हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटामात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराईरहेको प्रभु बैँक, मुस्ताङ्ग जिल्लाको वित्तिय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङ्गबासीहरु बताउँछन् । मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवामात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमासमेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।
नगद रहित भुक्तानी प्रणालीमा विशेष जोड दिईरहेको प्रभु बैँकले कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि “कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समिति“ लाई एक समारोहका बिच क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ । प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।