युवा संगठनको धनगढी घोषणापत्र, ‘श्रमलाई सम्मान गर्ने, उत्पादनलाई बढाउने’
सम्मेलन गएको चैत २४ गतेदेखि २७ गतेसम्म धनगढीमा सम्मेलन भएको थियो । पाँचौं राष्ट्रिय सम्मेलनले सर्वसम्मत रुपमा दिनेश सीको अध्यक्षतामा १ सय ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । संगठनको उपाध्यक्षमा विश्लेषण सी, महासचिवमा सुभाष सी, सचिवमा अनिल सी, कोषाध्यक्षमा जीवनी सी निर्वाचित भएका छन् । सम्मेलनले वेरोजगारी युवाहरुका लागि रोजगारीको ग्यारेन्टी गर्न, बन्द रहेका राष्ट्रिय उद्योग कलकारखाना संचालन गर्न सरकारसँग जोडदार माग गरेको अध्यक्ष दिनेश सीले जानकारी दिए ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ऐतिहासिक सम्मेलनले दलाल पुजीवादी व्यवस्थालाई अन्त्य गरि त्यसको ठाउँमा नेपाली विशेषताको समाजवाद स्थापना गर्नका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा लामवद्ध हुन आमयुवाहरुलाई आह्वान गरेको बताए । पत्रकार सम्मेलनको संचालन महासचिव सुभाष सीले गरेका थिए भने विश्लेषणले उपस्थित सम्पूर्ण पत्रकारलाई स्वागत गरेका थिए । साथै, संगठनका सचिव अनिल सीले घोषणपत्र सार्वजनिक गरेका थिए ।
यस्तो छ २१ बुँदे घोषणापत्र

