माधव नेपालको यस्तो अप्रत्यासित बिद्रोहले गठबन्धनलाई भयो ‘निल्नु न नोकल्नु’
काठमाडौँ – नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहमति तोडेको भन्दै बिच्किएका छन्। नेकपा एकीकृत समाजवादीले पूर्वसहमति तोडेको भन्दै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन गर्न विद्रोह गरेपछि गठबन्धनमा तरंग पैदा भएको छ।
योसँगै गठबन्धन फुट्ने हो की भन्ने डर पनि सिर्जना भएको छ। प्रचण्ड र ओलीले सुदूर पश्चिम प्रदेशको नेतृत्व नेकपा एसलाई दिने सहमति गरेका थिए।
तर, उनीहरुले रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिलाई दिने सहमति अर्को सहमति गरेपछि माधव नेपालले विद्रोह गरेका हुन्। सुदूरपश्चिम प्रदेशको नेतृत्वको विषयलाई लिएर नाउपामै विभाजन आएको छ। दाबी पेश गरेको २४ घण्टा वितिसक्दा पनि यसबारे अझै निर्णय हुन सकेको छैन।