यस कारण पुगे माधव नेपाल आफ्नो नाम लिनासाथ कुल्ला गर्छु भन्ने केपी ओलीको कार्यालयमा

सोमबार, १० बैशाख २०८१

काठमाडौँ– नेकपा एमाले छाडेर नयाँ पार्टी गठन गरेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज पहिलो पटक एमाले कार्यालयमा पुगेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको स्मृति दिवसमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल तुलसीलाल स्मृति भवनस्थित एमाले कार्यालयमा पुगेका हुन् ।

पार्टी फुटेपछि पानी बाराबारको स्थितिमा रहेका एमाले र एकीकृत समाजवादीबीच पछिल्लो नयाँ सत्ता गठबन्धन बनेपछि सम्बन्धमा सुधार आएको छ ।

प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेताहरु उपस्थित भएका छन् ।