यस्तो खतरनाक अभियान चलाएका कारण रास्वपाले इलाम २ बाट क्षेत्री बाहुनको भोट नपाउँने
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले इलाम २ का क्षेत्री बाहुनको भोट नपाउने बताएका छन्। आइतबार एक टेलिभिजन अन्तर्वार्तामा पत्रकारसग संवाद गर्दै उनले लिम्बुले यसअघि इलाममा ‘क्षेत्री, बाहुन भेटिन्छ, घाँटी रेटिन्छ’ भन्ने अभियान चलाएका कारण ‘क्षेत्री, बाहुनको भोट नपाउने बताएका हुन्।
यसअघि इलाममा ‘क्षेत्री, बाहुन भेटिन्छ, घाँटी रेटिन्छ’ भन्ने अभियान नै चलाएको आरोप लगाउँदै शाहीले क्षेत्री बाहुनको भोट लिम्बुले नपाउने बताए। यस्तो प्रकारको अभियान चलाएकालाई इलामेली जनताले भोट नदिने उनको भनाइ छ ।
साथै, आफूले चुनावी अभियानका क्रममा त्यहाँका जनतालाई पार्टीको एजेण्डा स्पष्ट भनेको र अन्य दलका उम्मेदवारलेझैं नढाटेको बताए । उनले यो देशको एकमात्र पहिचान नेपाल र नेपाली रहेको बताए । नेपाल र नेपाली पहिचान मन नपर्नेले राप्रपालाई मतदान नगर्नसमेत भनेको उनले बताए ।
‘उहाँले इलाममा ‘क्षेत्री, बाहुन भेटिन्छ, घाँटी रेटिन्छ’ अभियान चलाउनु भएको रहेछ । अहिले क्षेत्री बाहुनले के आधारमा उहाँलाई भोट हाल्नुहुन्छ ?’ प्रश्न गर्दै शाहीले भने, ‘उहाँले पहिचानवादी भन्नुभएछ, रास्वपाले टिकट दिएपछि यता आइहाल्नु भएछ ।