केन्द्रीय प्रतिनिधि बैठक सुरु, महासचिवले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल हुँदै

मंगलबार, ११ बैशाख २०८१

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रतिनिधि समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा नेकपा केन्द्रीय प्रतिनिधि समिति बैठक सुरु भएको छ ।

बैठकमा महासचिव विप्लव सीले ‘पार्टीलाई आन्तरिक रुपले सुदृढ गरौँ ! समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं !!’ शिर्षकको राजनीतिक प्रस्ताव र ६ महिने आगामी योजनासहितको प्रस्ताव पेस गरेका छन् ।

उक्त प्रस्तावमाथि छलफल गर्न प्रतिनिधि सदस्यलाई ११ वटा ग्रुपमा विभाजन गरिएको छ । गु्रपमा छलफलपछि ग्रुप लिडरले साझा सुझाव पेस गर्ने योजना गरेको बताइएको छ । बैठकमा आज विहान ८ बजेदेखि गु्रप लिडरहरुले धारणा राख्नेछन् ।

बैंठकमा महासचिव विप्लवले प्रस्तुत गरेको प्रस्तावमा माओवादी घटकसँगको एकता र आगामी निर्वाचनमा सहभागिताको विषयलाई जोड गरेका छन् । बैठक महासचिव विप्लवको अध्यक्षतामा जारी छ । बैठकमा नेकपा स्थायी समिति सदस्य अनिल सी, शिलु सी, भरत सी र सुशिल सीको उपस्थिति रहेको छ ।