कतारी राजाको भ्रमणले मिडियामा पायो उच्च स्थान, राष्ट्रपतिले गरेको यस्तो आग्रह भयो भाईरल
काठमाडौँ – कतारका अमिर शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपालको राजकीय भ्रमणमालाई आजदेशै भरका संचार माध्यमहरुले उच्च प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।
अधिकांश संचार माध्यमहरुले सो भेटवार्तामा इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न राष्ट्रपति पौडेलले गरेको आग्रहलाई समाचारको मुख्य विषय बनाएका छन् ।
देशको सबैभन्दा पुरानो गोरखापत्र दैनिकले समेत प्रथम पृष्ठमा राष्ट्रपति पौडेल र अमिर थानीबीच भेटवार्ता भेटवार्ता भएको र त्यसबाट बृहत् साझेदारीको मार्ग प्रशस्त भएको सम्बन्धी समाचार प्रकाशन गरेको छ ।
उक्त भेटमा राष्ट्रपति पौडेलले नेपाल र कतारबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सरकारबीचको आपसी सम्बन्ध र जनसम्बन्धको विकास र विस्तारमा योगदान पुर्याउने बताएको समाचारमा उल्लेख छ ।
भेटमा राष्ट्रपति पौडेलले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेको सम्बन्धी समाचारलाई पनि प्राथमिकताका साथ प्रकाशन गरिएको छ । राष्ट्रपतिसँगको भेटमा कतारका अमिरले नेपाल र कतारबीचको लामो सहकार्यलाई थप सुदृढ तुल्याउन कतार सरकारले बलियो पहल गर्ने बताएको विषयलाई पनि संचार माध्यमहरुले प्रमुखताका साथ समेटेका छन् ।