नाउपाकी अध्यक्ष रंजिताको संघिय सरकारमा इन्ट्री, समाल्दैछिन् यस्तो महत्वपुर्ण मन्त्रालय

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारमा सहभागी हुने भएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि निर्णाय रहेको नाउपा अन्ततः संघीय सरकारमा पनि सहभागी हुने भएको हो ।

पछिल्लो समय नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको अन्तरिक द्वन्द्वले सरकारमा सहभागी हुनेबारे निर्णय हुन सकेको थिएन । अन्ततः रञ्जिताले सरकारमा सहभागी हुने निर्णय सुनाएको स्रोतको दाबी छ ।

नाउपालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय दिनेबारे सत्तारुढ गठबन्धन दलमा सहमति जुटेको बताइएको छ । नाउपा अध्यक्ष श्रेष्ठले यसअघि सोही मन्त्रालयको नेतृत्व सम्हालेकी थिईन् । रञ्जिताले यस पटक भने आफू मन्त्री नहुने निर्णय सुनाएको बताइएको छ । नाउपाबाट यस पटक अरुण चौधरीलाई मन्त्री बनाउने तयारी रहेको बताइएको छ ।

भूमि मन्त्रालयको नेतृत्वमा अहिले नेकपा ९एमाले० का बलराम अधिकारी रहेका छन् । केही दिनमै मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी रहेको छ ।