यस्ता छन् म षड्यन्त्रको सिकार भएँ भन्दै सन्दिप लामिछानेले बुधबार लगातार पोस्ट गरेका दुई स्टाटस

बिहिबार, २० बैशाख २०८१

काठमाडौं – बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने सामाजिक सञ्जालमा बुधबार लगातार दुईवटा पोस्ट गरेका छन् । पोस्टमा उनले आफू षड्यन्त्रको सिकार भएको र यसमा संलग्न व्यक्तिको नाम चाँडै सार्वजनिक गर्ने लेखेका छन् ।

उनले लेखका छन्, ‘मैले आफूलाई सामाजिक सञ्जालमा पोस्ट गर्नबाट टाढै राखें। यसमा शंका छैन कि, म षड्यन्त्रको शिकार भएको छु । यो षड्यन्त्रमा भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिऊन् । म सबै कुरा भगवानमैं छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले नै बताउनेछ ।’

त्यस्तै अर्को एक पोस्टमा उनले लेखेका छन्, ‘म अदालतको कानुन र आदेशको सम्मान गर्छु । तर, यो षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्नै प्रण गर्दछु ।’

सन्दीपको पोस्ट यस्तो बेला आएको छ, जतिबेला नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी ट्वान्टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको छ ।