देशभर इन्टरनेट सेवा अवरुद्ध
काठमाडौं – नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ । ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु, भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको हो।
इन्टरनेट सेवामा समस्या आएको वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले बताए । उनले भने, ‘इन्टरनेट सेवा एयरटेलले काटिदिएको छ। हामीले यसबारेमा थप पुष्टि गर्दैछौं ।’ नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएका थिए ।
उनीहरुले सरकारले अनुमति नदिएका कारण करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका छन् । यसअघि इन्टरनेट सेवा प्रदायक संघ ९आइस्पान०ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको थियो।