सहिद कुमार पौडेलको स्मृतिमा स्मारक बनाउने नेकपाको निर्णय

आइतबार, २३ बैशाख २०८१

सर्लाही – नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिका सहिद कुमार पौडेलको स्मृतिमा स्मारक बनाउने निर्णय गरेको छ । वैशाख २० र २१ गते लालबन्दीमा बसेको नेकपा मधेस प्रदेशको प्रथम बैठकले पौडेलकाके स्मृतिमा स्मारक बनाउने निर्णय गरेको हो ।

नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीको अध्यक्षतामा बसेका बैठकले जनयुद्धकालिनदेखि एकीकृत क्रान्ति र मधेस आन्दोलनका सहिदहरुका स्मृति दिवस मनाउनेदेखि एकीकृत क्रान्तिका महान सहिद कुमार पौडेलको स्मृतिमा स्मारक बनाउने निर्णय गरेको हो । साथै बैठकले सुकुम्बासी समस्या, मिटरब्याजी पिडित र लघुवित्त पिडितका समस्यालाई लिएर संघर्ष गर्ने निर्णय समेत गरेको छ ।

मधेसमा समस्या समाधानका लागि भन्दै कुनै खाले आर्थिक सहयोग नलिनेसमेत निर्णय गरेको स्थायी समिति सदस्य अनिल सीले बताए । मधेसले पार्टी गतिविधि र जनताका गुनासो सुन्ने हटलाईन नम्बरसमेत सार्वजनिक गरेको छ । नेकपा प्रदेश संरचनामा गएपछि ७ वटै प्रदेशका बैठक र नयाँ संरचनाहरु बनिरहेका छन् ।