विप्लवकाे नयाँ प्रगतिशील गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीकाे रचना रहेकाे`एक जाति, एक वर्ग´ बोलको गीत सार्वजनिक भएको छ । साेमबार वेलुका प्रगतिशील गायक आराेह सीकाे युट्युब च्यानल ‘आराेह नेपाली’ बाट सार्वजनिक भएकाे हाे ।
गीतमा महासचिव विप्लवको शब्द र जनपक्षीय एवम् प्रगतिशील श्रस्टा आरोह सीको स्वर रहेको छ । गीतमार्फत असमानता, विभेद, र धनी-गरिब जस्ता आर्थिक सामाजिक शोषणका रुपहरुले गर्दा मान्छेले नै मान्छेलाई अन्याय अत्याचार गरिरहेको कुरुप यथार्थ विरुद्ध र मुक्त संसारको परिकल्पना गरिएकाे छ ।
समाज जात, वर्ग जस्ता मानव सिर्जित संरचनामा खण्डित भैरहेको बेला यसले समाजको सभ्यता र विकास त अवरुद्ध हुन्छ नै अर्कोतिर बाह्य शक्तिहरूले एउटाविरुद्ध अर्कोलाई लडाउने र आफ्नो निहित स्वार्थ पुर्ति गर्ने प्रयाससमेत भइरहेका बेला विप्लवले यसलाई निरूत्साहित पार्न याे गाीतकाे रचना गरेका हुन् ।
समाजको वर्गीय उत्पीडनको अन्त्य गर्न समाजवादी अर्थराजनीतिक प्रणाली र मानव कलङ्कको रूपमा रहेको जात व्यवस्थाको अन्त्य गर्न `सी जाति´ निर्माणको विकल्प प्रस्तुत गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको शब्द र आरोह सीको स्वर रहेको `एक जाति एक वर्ग´को भावमा आधारित उल्लेखित गीत प्रगतिशील कला क्षेत्रमा एक महत्त्वपूर्ण सिर्जना हुने अपेक्षा गर्न सकिन्छ ।
महासचिव विप्लवको शब्द , आरोह सी र लक्ष्मण सीको स्वर तथा सुन्दर लामाको संयोजन रहेको उक्त गीतमा विद्यमान बर्गिय र जातीय विभेद र उत्पीडन कुनै प्राकृतिक कारणले होइन, मान्छेहरुले समाजको बिकासको खास कालखण्डमा रचेका समस्याहरू भएको भन्दै `मान्छेबाट कोरीएको नमेटिने के हुन्छ र,मान्छेबाट लादिएका नतोडिने कहाँ हुन्छ र भनेर यसलाई बदल्न सकिने बिश्वास व्यक्त गरिएको छ।
राजनीतिक र आर्थिक परिवर्तनका तुलनामा निकै जटिल र लामो प्रक्रियाद्वारा मात्रै बदल्न सकिने समाजका सांस्कृतिक मान्यताहरुलाई रुपान्तरण गर्न कलाको निकै ठूलो भुमिका हुने अपेक्षा गरिएको बेला नेकपा महासचिव विप्लवले आफ्नो क्रान्तिकारी राजनीतिक यात्राका अनेक उकाली ओरालीबिच गित, कविता जस्ता विद्यामा समेत कलम चलाउदै आएका छन् भने एक जाती र एक बर्ग शीर्षकको यो गितले मानवता र न्यायपुर्ण समाज सहितको मुक्त संसारको लक्ष्य राखेको देखिन्छ ।
यस्तो छ गितको पूरा अंश….
एक जाति एक वर्ग एउटै संसार भएको दिन
संसार कति सुन्दर होला मान्छे कति खुसी होलान्
कोहि धनी कोहि गरिव बनावटी विभेद हुन
एउटा उच अर्को निच देखावटी सिमान हुन
एता मेरो त्यता तिम्रो केही दिनको तिसना हुन
एउटा भन्दा अर्को अब्बल मन भित्रको तरंग हुन्
मान्छेबाट कोरीएको नमेटिने के हुन्छ र
मान्छेबाट लादिएका नतोडिने कहाँ हुन्छ र
आखिर मान्छे मान्छे नै हो ठूलो सानो को हुन्छ र
मुक्त समान संसार बन्दा खुसी नहुने को हुन्छ र