वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै राइटपाथ
काठमाडौं – राइटपाथ करियर काउन्सिलिङले वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशभर ग्राण्ड एजुकेशन कन्क्लेभ गर्ने भएको छ । राजधानीस्थित पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको ख्यातिप्राप्त शैक्षिक परामर्शदाता राइटपाथले काठमाडौंसहित देशभरका शाखाहरुमा एजुकेशन कन्क्लेभ गर्ने भएको हो ।
बुधबार राइटपाथको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै राइटले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि ग्राण्ड एजुकेशन कन्क्लेभ गर्न लागेको जनाएको छ। लामो समयदेखि विद्यार्थीहरुलाई करिअर काउन्सिलिङ गर्दै आएको राइटपाथले मे ११ अर्थात वैशाखा २९ गते काठमाडौंमा एजुकेशन कन्क्लेभ सुरु गरेर जेठ ८ गते ललितपूर आएर सम्पन्न गर्ने राइटपाथका सिईओ फिलिप डिसीले बताए ।
कन्क्लेभ वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ् तथा ८ गते ललितपूरमा सम्पन्न हुने तालिका रहेको छ । कन्क्लेभमा सहभागी विद्यार्थीले एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर प्राप्त गर्नेछन् भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरुको पनि व्यवस्था गरिएको डिसीको भनाई छ । साथै, सहभागी विद्यार्थीले यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपौयाँमै गर्न सकिने व्यवस्था गरिएको छ ।
कन्क्लेभमा अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयको सहभागिता हुनेछ । ‘यूनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरुले सत्य तथ्य जानकारी पाउँन सक्नु हुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उदेश्य हो । विद्यार्थीहरुको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्धत पुर्याउँछ ।’, पत्रकार सम्मेलनमा बोल्दै राइटपाथका सीईओ डिसीले भने, ‘कतिपयले अफर लेटर हेर्न ढिलाई गर्नु भएको पनि हामीले पाउँने गरेका छौं । विद्यार्थीको सहजताका लागि यो इभेन्टको आयोजना गरिएको हो ।’
उनले विद्यार्थीहरुलाई परीक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्येश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परीक्षा सकिएका विद्यार्थीका लागि यो कार्यक्रम निकै लाभदायी हुने बताए । त्यस्तै, यसअघि सुरु गरिएको वैशाख ३० गते सम्पन्न हुने भनिएको अफर आगामी जेठ ८ गतेसम्म कायम हुने उनले बताएका छन् ।
