रवि लक्षित विप्लवको टिप्पणी, ‘प्रश्न उठ्दा राजीनामा दिए हुने नी, के झुण्डिएर बस्या होला ?’
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिन सुझाव दिएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला समितिले आयोजना गरेका ‘एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरक्रियामा बोल्दै विप्लवले सरकारमा झुण्डिएर बस्न भन्दा राजीनामा दिन सुझाव दिएका हुन् ।
विप्लवले राजनीति निकै तरल भएको बताउँदै सरकार पनि समस्यामा परेको बताए । ‘सरकार के हो, के हो भाछ, रविलाई कांग्रेसले बोल्न दिएको छैन ।’, विप्लवले भने, ‘रवि जी पनि देखियो त, प्रश्न उठ्यो त । प्रश्न उठ्दा राजीनामा ठोकेर हिडे भो त । झुण्डिएको छ, झुण्डिएको छ । पिङमा दुई हातले झुण्डिएको जस्तो, मर्नै थाल्या जस्तो…’
ेदेशमा झगडा हेरेर बस्नु बाहेक अर्को उपाए नभएको बताउँदै उनले छानविनका लागि तयार हुँन रविलाई सुझाव दिए । ‘त्यत्रो पश्न उठिसक्यो, दिपेश पुन जेल परिसक्यो । रविको बारेमा प्रश्न उठ्यो, ठिक छ जाँचबुज गर भन्न सक्नुपर्यो नी त !’, उनले भने, ‘झुण्डिएको छ, मरे छोडेको छैन भन्नुन । देशमा झगडामात्र छ निरासा मात्र छ ।’
नेकपा पोलिटब्युरो सदस्य माइला सीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य सन्देश सीले अवधारणापत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा १२ विघा भन्दा धेरै जमिन बन्दकी राख्ख्न मिल्ने बराबरको सहयोग उठेको थियो । नेकपाले ल्याएको आत्मनिर्भर कार्यकर्ता, आत्मनिर्भर पाटी, आत्मनिर्भर देशको नीति अनुसार एकीकृत स्वामित्वको बारेमा अन्तरक्रिया भएको थियो ।
अन्तरक्रियामा सहभागीहरुले स्वामित्वको सवालमा एकीकृत स्वामित्व नयाँ भएकाले यसले निकै राम्रो नतिजा ल्याउने बताएका थिए । ‘निजी स्वामित्व पुँजी सिमित व्यक्तिमा केन्द्रीत भयो, सामुहिक स्वामित्वमा पनि समस्या देखियो ।’, सहभागीले भने, ‘यो एकीकृत स्वामित्वले सबैलाई समेट्छ । यसले जनताका समस्याहरुको समाधान गर्छ ।’