सरकारबाट बाहिरियो माओवादी

आइतबार, ३० बैशाख २०८१

जनकपुरधाम – नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिदै सरकारबाट बाहिरिएका हुन् ।

साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न मानेका थिएनन् । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए ।

उपेन्द्र यादवको जसपा फुटेपछि मद्येसको सरकार संकटमा थियो । मुख्यमन्त्रीलाई राजीनामा दिन एमाले र माओवादीले दवाव दिदा अटेरी गरेपछि माओवादी सरकारबाट बाहिरिएको हो । एमालेले पनि सरकारबाट बाहिरिने तयारी गरिरहेको छ ।