मद्येसमा नयाँ सरकार बनाउने ४ दलको सहमति

आइतबार, ३० बैशाख २०८१

जनकपुरधाम – मधेश प्रदेशमा नयाँ सरकार बनाउने विषयमा चार दलबिच सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नयाँ सरकार गठन गर्ने विषयमा सहमति भएको हो ।

चार दलबीच नयाँ समीकरण बनाउने सहमति भएपछि एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकार छाडेका छन् । एमाले माओवादीले सरकार छाड्नुअघि चारदलका नेताहरुको बैठकमा नयाँ सत्ता समीकरणबारे छलफल भएको बैठकमा सहभागी एक सांसदले बताए । दलहरुबीच अहिले पनि नयाँ सत्ता समीकरणबारे छलफल भइरहेको छ । स्रोतका अनुसार सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने सहमति हुन सकेको छैन ।

निवर्तमान उद्योग तथा पर्यटन मन्त्री युवराज भट्टराईको सरकारी आवासमा भएको बैठकमा सरकारको नेतृत्व कसले गर्ने, सरकारमा दलीय प्रतिनिधित्व कसरी गर्ने लगायतका विषयमा छलफल भएको छ । १०७ मधेश प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २४, जनमतको १३, माओवादी केन्द्रको ९ र लोसपाको ८ सिट रहेको छ । यसले सरकारको लागि आवश्यक बहुमत पुग्छ । केन्द्रमा विभाजन भएको जसपा नेपालको मधेशमा आशोक राई नेतृत्वमा सांसदहरु खुल्न बाँकी छ ।

आजै सरकार नछाडे यसै सरकारले बजेट ल्याउन सक्ने, केन्द्रमा भएको जसपा नेपालको विभाजन पश्चात पनि प्रदेशमा उसको सांसदहरु नुखल्ने जस्ता सम्भावना देखेपछि आन्तरिक गृहकार्य गरी दुबै दलले सरकार छाडेको माओवादी केन्द्रका एक नेताले बताए ।