सन्दीप लामिछाने र गौशाला-२६ दुवै उच्च अदालत पाटनमा, यस्तो बन्दैछ बाहिरी माहोल
काठमाडौं – आफ्नो मुद्दामा फैसला सुनवाइ जारी रहँदा क्रिकेटर सन्दीप लामिछाने पनि उच्च अदालत पुगेका छन् । उनी आफ्ना सहयोगीसहित अदालत गएका हुन् ।
सन्दीपमाथि मुद्दा दायर गर्ने ‘गौशाला २६’ पनि इजलासभित्र देखिएकी छन् । उनी बहस सुनिरहेकी थिइन् । उच्च अदालत पाटन बाहिर भिडभाड बढ्न थालेको छ । करिब दुई दर्जनको संख्यामा सन्दीपका समर्थकहरू जम्मा भएका छन् ।
उनीहरूले कुनै नाराबाजी र होहल्ला भने गरेका छैनन् । युट्युबर र पत्रकारहरू पनि अदालत बाहिर छन् ।
अदालतबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।