भर्खरै काठमाडौंमा भुकम्पको ठूलो धक्का महशुस
बैशाख ११ काठमाडौं- काठमाडौंमा आज बुधवार बिहानै भुकम्पको धक्का महशुस गरिएको छ । करिब ६ बजेर २८ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धकका महशुस गरिएको हो। भूकम्पले घरहरु हल्लिएका थिए । भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका छन् ।
२०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर शक्तिशाली भूकम्प गएको थियो। त्यस समय करिब १० हजारले ज्यान गुमाएको थिए । गोरखाको वारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा समेत पराकम्प जाने क्रम रोकिएको छैन । त्यस यता भूकम्पका पराकम्प निरन्तर गइरहेको छ।
बिस्तृत बिवरण आउन बाँकी।