को हुन् रविले ‘देशको गोप्य सूचना विदेशीलाई बेच्ने’ भनेर आरोप लगाएका व्यक्ति ?

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपको जवाफ दिने क्रममा सोमबार नेपाली कांग्रेसका नेतामाथि संगीन आक्षेप लगाएका थिए । नेपाली कांग्रेसका महामन्त्री रवि लामिछानेमाथि आरोप लगाउँदै उनले भनेका थिए, ‘देशको गोप्य सूचना विदेशीलाई बेच्नेलाई चाहिं कारबाही हुनु पर्दैन ?,’

यो प्रसंग उनले सन् २००८ मा अमेरिकी दूतावासले तयार पारेको एउटा रिपोटसँग सम्बन्धित छ। दूतावासले ‘Nepal: Countdown continue: 38 days till CA Elections’ शीर्षकमा तयार पारेको प्रतिवेदनमा गगन थापालाई कांग्रेसमा ‘दूतावासका मुख्य सम्पर्क सूत्र’ भनेर उल्लेख गरिएको थियो। उक्त प्रतिवेदन अमेरिकी दूतावासका तत्कालीन डिपुटी चिफ अफ मिसन र्‍यान्डी बेरीले तयार पारेका थिए। उनीपछि नेपालका लागि अमेरिकी राजदूतसमेत भए।

पहिलो संविधानसभाभन्दा पहिला तयार पारिएको उक्त प्रतिवेदनमा थापालाई उद्धृृत गर्दै दूतावासले कांग्रेसले राम्रो नतिजा ल्याउन नसक्ने उल्लेख गरिएको थियो। प्रतिवेदनमा कांग्रेसले मधेसीलाई धेरै नै अधिकार दिएको भनेर तराईमा रहेका पहाडीमूलका मानिसले एमालेलाई भोट दिन सक्ने थापाले बताएको उल्लेख थियो।