यसकारण सन्दीप लामिछानेको विश्वकप खेल्ने सपना अधुरै

बुधबार, ९ जेष्ठ २०८१

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको छ । सन्दीपले बुधबार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै आफ्नो भिसा अस्वीकृत भएको जनाएका छन् ।

मेरिका जान नपाउने भएपछि उनको टी–२० विश्वकप तयारी खेल्ने सपना अधुरै रहने भएको छ । सामाजिक सञ्जालमार्फत उनले शुभचिन्तकसँग माफी मागेका छन् ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि क्रिकेटमा सन्दीपको पुनरागमन हुने अपेक्षा शुभचिन्तकले गरेका थिए ।