सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिनुको कारण यस्तो

बिहिबार, १० जेष्ठ २०८१

काठमाडौँ – बलात्कार अभियोगमा उच्च अदालतबाट सफाइ पाएपछि विश्वकप टी-२० खेल्न अमेरिका जान लागेका सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिनुको कारणबारे बिभीन्न कोणबाट आकलन सुरु हुन थालेको छ।

लामिछानेविरुद्ध नेपालमा नाबालिग बलात्कारको जाहेरीको बेलामा नेपाल बाहिर रहेका लामिछाने नेपाल आउने भनेर अमेरिकामा एक महिना लुकेका थिए। इन्टरपोलबाट नोटिस जारी भएपछि उनी नेपाल आएका थिए। यसैलाई आधार मानेर वा सन्दिप बिरुद्दको मुद्धा नेपलाको वेबसाइडबाट  हटीनसकेकाले हुनसक्ने आकलन गरिएको हो।

उनले बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि क्रिकेट एसोसिएसन अफ नेपालले निलम्बन फुकुवा गर्दै टिममा सहभागी गराएको थियो।

उनी टी–२० विश्वकप खेल्न अमेरिका जान भिसाको आवेदन दिएका उनलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिएन। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा विश्वकप क्रिकेट हुन गइरहेको छ। त्यसको लागि नेपाली क्रिकेट टोली त्यहाँ पुगिसकेको छ। अमेरिकाले भिसा नदिएको कुरा लामिछानेले सार्वजनिक गरेपछि बिभिन्न कोणबाट बिरोध बैरहेको थियो।  तर अमेरिकी दुतावासले भने यो बिषयमा कुनै प्रतिक्रिया नदिने बताएको थियो।