नेकपा गोरखा नगरपालीकाको तेस्रो पूर्ण बैठक सम्पन्न
गोरखा – नेपाल कम्युनिस्ट पार्टी गोरखा नगरपालीकाको तेस्रो पूर्णबैठक सम्पन्न भएको छ । मंगलबार नगर इन्चार्ज योगेन्द्र सी अध्यक्षता र पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कपिल सीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले नगरभित्रका वडाहरुमा कार्यविभाजनसमेत गरेको छ । बैठकमा बोल्दै प्रमुख अतिथि कपिल सीले गोरखा जिल्लाले कम्युनिस्ट आन्दोलनको ऎतिहासिक बिरासतलाई विकास गर्दै लैजानु पर्ने बताए ।
त्यस्तै योगेन्द्र सीले १८८ जना सहिद र २० जना बेपत्ता योद्धाले बलिदान गरेको गोरखा जिल्ला कुनै पनि हालतमा समाजवादी आन्दोलनमा नेतृत्वदायी भुमिकामा रहनुपर्ने बताए ।