युवा संगठन नेपाल मधेस प्रदेश समितिको बैठक सम्पन्न
जनकपुर – युवा संगठन नेपाल मधेस प्रदेश समितिको बैठक सम्पन्न भएको छ । बिहीबार सम्पन्न बैठकले महत्पूर्ण निर्णय गर्दै अभियान उद्घाटनसमेत भएको छ ।
प्रदेश इन्चार्ज नगेन्द्र सीको अध्यक्षतामा बसेको बैठकमा नेकपा स्थायी समिति सदस्य तथा मद्येस प्रदेश इन्चार्ज अनिल सीको प्रमुख आतिथ्याता रहेको थियो । बैठकमा नेकपा पोलिटब्युरो सदस्य तथा धनुषा जिल्ला इन्चार्ज देवनारायण सी, युवा संगठन नेपाल केन्द्रीय अध्यक्ष दिनेश सी, पार्टीका केन्द्रीय किम सी, युवा संगठन नेपाल केन्द्रीय कार्यालय सचिव नवराज सीको आतिथ्यतामा रहेको थियो ।
बैठकका प्रमुख अतिथि अनिल सीले युवाहरुले मधेसमा जनाताको मन जित्ने काम गर्न योजना तय गर्नु पर्ने बताए । उनले राज्य दलाल भएकाले युवाहरुमा निरासा बाँडिरहेको बताउँदै एकीकृत जनक्रान्तिमा आम युवाहरुलाई जोड्न नयाँ कार्यभार युवाहरुको रहेको वताए । अध्यक्ष दिनेश सीले नेपाली युवाहरुको भरपर्दो संगठन युवा संगठन नेपाल भएकाले युवाहरुको ढुकढुकी बन्ने आशा व्यक्त गरे ।

