रवि लामिछानेविरुद्ध सर्वोच्चमा पर्यो अर्को रिट
काठमाडौं – गृहमन्त्री रवि लामिछानेविरुद्धमा सर्वोच्च अदालतमा अर्को रिट दर्ता भएको छ । ट्राफिक नियम उल्लंघन गरेबापत कानुन विपरित स्वयंसेवामा खटाएको भन्दै रविविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो ।
रिट हाल्नेमा बझाङका २२ वर्षीय कृष्ण विक, स्याङ्जा हरिनासका २२ वर्षीय आकाश भट्ट, ललितपुर गोदावरीका २२ वर्षीय उज्जव माली, पर्साका २१ वर्षीय इमामुल हक लगायत ७ जना रहेका छन् । उनीहरुले प्रहरीको उक्त कार्यले आफ्नो सम्मानपूर्व बाँच्न पाउने हक, हिँडडुल गर्न पाउने हक हनन् भएको भन्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दिएका हुन्।
उनीहरूले दिएको रिट दर्ता भएको सर्वोच्चका सह–प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए। गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसका दिनमा विशेष घोषणा गर्दै ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारवाही स्वरुप ट्राफिकको डिउटी गर्न लगाउने निर्णय गरेको थिए ।