भारतीय लोकसभा निर्वाचन–प्रारम्भिक मतगणनामा गठबन्धनको झन्डै दुई तिहाई सिटमा अग्रता
काठमाडौं – भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक रुझानमा नरेन्द्र मोदी नेतृत्वको एनडिए गठबन्धन झन्डै दुई तिहाई सिटमा अगाडि देखिएको छ ।
५४३ सीटका लागि भएको निर्वाचनको पछिल्लो विहान सवा ९ बजेको रुझान अनुसार २६७ सीटमा भाजपा नेतृत्वको गठबन्धन अगाडि छ । कांग्रेस नेतृत्वको गठबन्धन १३९ सीटका साथ पछ्याइरहेको छ ।
यो संख्या प्रत्येक मिनेटमा घटबढ भइरहेको छ । प्रारम्भिक रुझानले भाजपाको ४ सय पार नारा सफल नहुने देखिएको छ । तर भाजपा गठबन्धनले बहुमत जित्न सक्ने आँकलन भने प्रारम्भिक रुझानबाट देखिएको छ ।