सामाखुशी चोकमा खुल्यो ‘हिमालयन फ्युजन रेस्ट्रो’, तनाव भुलाउने ठाउँको परिचय दिदै
काठमाडौं – काठमाडौंको सामाखुशी चोकमा ‘हिमालयन फ्युजन रेस्ट्रो’ नामक रेस्टुरेन्ट खुलेको छ । भर्खरै खुलेको रेस्ट्रोलाई तनाव भुलाउने ठाउँमा रुपमा परिचित गराउन खोजिएको छ ।
रिङरोडसँगै टस भएको रेस्टुरेन्टमा ग्राहकलाई बाहिरको दृष्यले मनमहक बनाउने बनाएर तनावमुक्त बनाउने भएकाले यसलाई तनाव भुलाउने ठाउँमा रुपमा परिचित गराउन खोजिएको हो । कामको थकान महसुस गरेर रेस्ट्रोमा आएका थुप्रै ग्राहकले रेस्टुरेन्टबाट बाहिर देखिएको दृष्यले रिफ्रेस बनाउने गरेको छ । ‘रेस्टुरेन्टको सिसाबाट रिङरोडमा गुडेका गाडीहरुलाई हेरेर मात्रै बसेपनि तनाव कम हुन्छ ।’, रेस्टुरेन्टका एक जना संचालकले भने, ‘मलाई यस्तो तनाव भएको बेलामा रिफे्रस हुनका लागि जहाँ भएपनि यहाँ आउने गरेको छु । यहाँ आयो भने समय गएको थाहानै हु्ँदैन । फुरै फ्रेस भइन्छ ।’
‘हिमालयन फ्युजन रेस्ट्रो’मा सुविधा सम्पन्न रेस्टुरेन्ट सेवा, व्याङ्क्वीट, कफि सप, आवउटडोर क्याटरिङ सर्भिस, होम डेलिभरी तथा अनलाइन सेवा पनि रहेको रेस्ट्रोका म्यानेजर विकास गुरुङले बताए । यहाँ ३० देखि ३५ जना र ५० देखि ६० जना अट्ने दुईटा हल, पारिवारिक वातावरणका लागि छुट्टै क्याविनको पनि व्यवस्था रहेको गुरुङको भनाई छ ।
यहाँ स्वादिस्ट परिकारका साथै अर्गानिक खानेकुरा पनि पाइने भएकाले पछिल्लो समय धेरैको रोजाई बनेको छ । प्यासन फाउण्डेशन ग्रुपको लगानी रहेको रेस्ट्रोलाई पुतलीसडक र पोखरामा पनि विस्तार गर्ने तयारी भइरहेको बुझिएको हो ।
