यस्तो गम्भीर आरोप लगाउँदै निर्वाचित सांसद कंगना रनावतलाई महिला जवानले हानिन् एयरपोर्टमै थप्पड
काठमाडौं – भारतको लोकसभा सदस्यमा नवनिर्वाचित बलिउड नायिक कंगना रनावतलाई एक महिला जवानले थप्पड हानेकी छन् । चण्डीगढ एयरपोर्टमा उनीमाथि सिआइएफएसकी महिला जवानले थप्पड हानेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् । उनी चण्डीगढबाट दिल्लीतर्फ उडान भर्ने क्रममा रहेका बेला थप्पड प्रहार भएको हो ।
किसान आन्दोलनको बेला कंगनाको रवैया किसान विरोधी रहेको भन्दै उनीमाथि थप्पड प्रहार भएको न्यूज नेशनको रिपोर्टमा उल्लेख छ । उनी विमानस्थलका उडान पर्खिरहेकी थिइन् र महिला जवान सरासर आएर गालामा थप्पड हानेकी थिइन् ।
हालै सम्पन्न निर्वाचनमा उनी मण्डी जिल्लाबाट भाजपाको उम्मेदवार बनी सांसद निर्वाचित भएकी थिइन् ।