छैंटौ पटक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै दीपक मनाङेले यसकारण गरे २० पटक मन्त्री बन्ने उद्घोष

मंगलबार, २९ जेष्ठ २०८१

काठमाडौँ – गण्डकी प्रदेशमा छैटौंपटक मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) ले यस्तै अवस्था भए २० पटकसम्म मन्त्री बन्ने बताएका छन् । मंगलबार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका मनाङेले केन्द्रको निर्णयअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका हुन् ।

‘यो समस्या यहाँको होइन, केन्द्रको हो । कांग्रेसको पार्टी सभापतिले अरू पार्टीसँग भोट मागेपछि केन्द्रमा निर्णय भयो । यहाँ सांसदहरूले भोट हालेका हुन् । यस्तै अवस्था आइरह्यो भने ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नुपर्ने हुन सक्छ,’ उनले भने ।