युवा व्यवसायी पोखरेलले पाए जर्मनीको विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी

आइतबार, ३ असार २०८१

काठमाडौँ – युवा व्यवसायी जगत पोखरेललाई जर्मनीको विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको छ । जर्मनीको कस्सेलमा रहेको हिस्सेन इन्टरनेस्नल युनिभर्सिटीले उनलाई व्यवसायीक र सामाजिक क्षेत्रमा सफल र अनुभवी व्यक्तिको रुपमा मानार्थ विद्यावारिधी प्रदान गरेको हो ।

लामो समयदेखि व्यवसायीक र सामाजिक क्षेत्रबाट अतुलनीय योगदान गरेको र व्यवसायीक तथा सामाजिक क्षेत्रमा अमुल्य अनुभव हासिल गर्दै सफलता प्राप्त गरेकोले उनलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको युनिभर्सिटीले जनाएको छ । नेपाल जेसिजका पूर्वराष्ट्रिय अध्यक्ष पोखरेल दर्जनौ सामाजिक संघ संस्थामार्फत तीन दशकदेखि सामाजिक सेवामा क्रियाशिल छन् ।

व्यवसायीक क्षेत्रमा उनी लघुवित्त महासंघ नेपाल, ट्रष्ट माइक्रो इन्स्योरेन्स, भिजन लुम्बिनी कम्पनी लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनीलगायतका कम्पनीको संस्थापक र वहालवाला अध्यक्ष छन् भने आरम्भ चौतारी माईक्रो फाईनान्सको संस्थापक अध्यक्ष हुन् । उनी लुम्बिनी मेडिकल कलेजको पनि संस्थापक हुन् ।

सफल र सक्रिय युवा व्यवसायी पोखरेलले अहिले धेरै जनाको सानो सानो रकम संकलन गरी ठूला परियोजना सञ्चालन गर्ने उद्धेश्यका साथ क्राउड फन्डीङ्ग कम्पनी स्थापना गर्ने गृहकार्य तिव्र रुपमा गरिरहेका छन् ।