विश्वकप खेलेर नेपाली टिम स्वदेश फर्किए पनि यसकारण सन्दीप लामिछाने फर्किएनन् नेपाल

बिहिबार, ७ असार २०८१

काठमाडौं – अमेरिका र वेष्ट इन्डिजमा भएको आईसीसी टी-२० विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदेश फिर्ता भएको छ ।

नेपाली टिम हिजो र आज गरेर दुई चरणमा फर्किएको हो । सोमपाल कामी, कुशल भुर्तेल, आसिफ शेखलगायतको समूह बुधबार राति १० बजे त्रिवि विमानस्थल ओर्लिएको थियो भने कप्तान रोहित पौडेल, गुल्सन झा सहितको समूह बिहीबार बिहान १० बजे नेपाल आइपुगेको हो।

नेपाली टिमका अन्य खेलाडी स्वदेश फर्किएपनि स्पिनर सन्दीप लामिछाने भने वेष्ट इन्डिजमै छन् । उनी २ दिनपछि नेपाल फर्किनेछन् । सन्दीपको अमेरिकाको भिसा छैन। उनलाई नेपालस्थित अमेरिकन दूतावासले भिसा नदिएपछि विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका थिए। उनी वेस्ट इन्डिजबाट क्यानडा हुँदै नेपाल आउने बताइएको छ।