खेलकुद क्षेत्रको भ्रष्टाचार रोक्न माग गर्दै युवा संगठन नेपाल पुग्यो खेलकुद मन्त्रालयमा

बिहिबार, ७ असार २०८१

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले  खेलकुद क्षेत्रमा हुने कामहरुमा भ्रष्टाचार हुने गरेको भन्दै भ्रष्टाचार तथा मनोमानी रोक्न माग गरेको छ। बिहिवार युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठलाई ८बुदे ज्ञापनपत्र पेश गर्दै संगठनले भ्रष्टाचार रोकिनुपर्ने माग गरेको हो।

युवा संगठन नेपाल केन्द्रीय समितिको तर्फबाट अध्यक्ष दिनेश सी द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा खेलाडीहरुलाई प्रोत्साहित गर्न अवसर दिनुपर्ने, रास्ट्रीय खेलाडीलाई आवासको व्यवस्था गरिनुपर्ने,कर्णाली लगायत देशका दुर्गमका जिल्लाहरुमा तत्काल खेलकुद पुर्वाधार निर्माण गरिनुपर्ने र दशरथ रंगशालालाई मर्मत गरिनुपर्ने माग गरिएको छ।

त्यस्तै ज्ञापनपत्रमा खेलकुद क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप रोकिनुपर्ने, ञखेलाडीसङ्ग खेलकुद मन्त्रीझकार्यक्रम सञ्चालन गरिनुपर्ने र प्रशिक्षकलाई आवास र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्ने समेत माग गरिएको छ।

अध्यक्ष दिनेश सी,महासचिव विश्लेषण सी सहितको युवा संगठन नेपालद्वारा पेश गरिएको मागपत्र ग्रहण गर्दै युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले मागहरू जायज भएको र उल्लेखित मागहरूलाई पूरा गर्न सरकार सकारात्मक रहेको भन्दै आगामी दिनमा सहकार्य गरेर जाने प्रतिबद्धता व्यक्त गरेका थिए।

यस्तो छ ज्ञापनपत्रको पूर्णपाठ-