स्थापना कालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राखौँ

मंगलबार, १२ असार २०८१

काठमाडौँ –  नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला २०१५ सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइटमा राख्न माग गरेका छन् । मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले यस्तो माग गरेका हुन् । उनले नेपालको संसदीय अभ्यास २०१५ बाट शुरु भएपनि त्यो बेलादेखिका संसदीय गतिविधि अभिलेख आन्तरिक रूपमा भएपनि सर्वसाधारणको पहुँचमा नआएको बताए।

उनले अहिलेसम्म हेर्दा विभिन्न खालका सांसदका अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पाउन नसकेको बताएका छन्। उनले २००८ साल देखिका राजपत्र, २०१३ सालदेखि पत्रिका र देशभर फौजदारी मुद्दा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा भेट्न सकिने तर संसदको समग्र गतिविधिलाई व्यवस्थित ढङ्गमार्फत राखिएको नभेटिने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘नेपालको संसदीय अभ्यास २०१५बाट शुरु भयो ।

२०१५ सालदेखिका अभिलेख आन्तरिक रूपमा होला तर पब्लिक डोमेनमा आएन अहिलेसम्म हेर्दा विभिन्न खालका सांसदका अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पु¥याउन सकेका छैनौं । आज सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु । सांसदका समग्र गतिविधिहरुलाई वेशसाइटमार्फत सजिलै हेर्न सकिने गरी पब्लिक डोमेन्टमा ल्याउन माग गर्न चाहन्छु ।

उनले संंसदीय गतिविधिलाई ऐतिहासिक सम्पतीको रूपमा सर्वसाधारणले सजिलै पाउने गरी व्यवस्थित गर्न आवश्यक रहेको बताए ।