कप्तान रोहित शर्मासहित अर्का चर्चित भारतीय क्रिकेटले पनि लिए टि २० आईबाट सन्न्यास
काठमाडौँ -टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्।
त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक क्षण आनन्द लिए। विदा लिने यो समय हो।’
शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टि ट्वान्टी विश्वकप जितेको थियो। यसअघि भारत सन् २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो। रोहित त्यतिबेला पनि टोलीका सदस्य थिए ।
आफूले चाहेको सफलता पाएको उल्लेख गर्दै भने, ‘म यो उपाधि जित्न चाहन्थे। सन्चारकर्मीलाई पनि धन्यवाद दिन चाहन्छु।’
उनले उपाधि टोलीका प्रशिक्षक राहुल द्रविडलाई समर्पित गरेको बताए । ‘उहाँले पछिल्लो २०र२५ वर्ष भारतीय क्रिकेटका लागि योगदान गर्नुभएको थियो। यो पाटो छुटेको थियो। उनका लागि हामीले यो सफलता दिलाउन सकेकोमा पुरै टोलीकातर्फ खुसी व्यक्त गर्दछु।,’