चर्चित संगीतकार रामु खड्काको संगीतमा सुसज्जित लोक दोहोरी गित “तिम्रो नयाँ जिन्दगी” सर्वाधिक चर्चामा
काठमाडौं – लोकप्रिय गायिका विष्णु माझीसँगको सहकार्यमा संगीतकार रामु खड्काले नयाँ कोसेली ‘तिम्रो नयाँ जिन्दगी सफल होस्’ बोलको गीत ल्याएका छन् । केही दिनअघि मात्रै युट्युब च्यानलमार्फत सार्वजनिक उक्त गीतकोे भिडियो ट्रेन्डिङमा समेत पर्न सफल भएको संगीतकार खड्काले बताए ।
खड्काले संगीत भरेर आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको यस गीतमा गायिका विष्णु माझी र खेम संगीतको युगल आवाज सुन्न सकिन्छ । सन्ध्या केसीको शब्द रचना रहेको उक्त गीतमा माया प्रेमका भावना र जिन्दगीको यात्रालाई समेत समावेश गरिएको संगीतकार खड्काले बताए ।
मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा विनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् । त्यस्तै गीतको भिडियोमा मदन खड्काको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन तथा दिपक विष्टले भिडियो सम्पादन गरेका हुन् ।
त्यसैगरी उक्त भिडियोमा मोडल विमल अधिकारी र निहारीका थापाले अभिनय गरेका छन् । यसअघि पनि धेरै गीतहरू बजारमा ल्याइसकेका संगीतकार खड्काले यस नयाँ गीतले पनि पहिलेका गीतले जस्तै सफलता दिलाउनेमा आफू विश्वस्त रहेको बताए ।
विविध समस्याका कारण केहि समय यो क्षेत्रबाट ब्याक भएका खड्काको कमब्याक संगै पहिलो गीतले नै नेपाली सांगीतिक बजारमा तहल्का मच्चाएको छ। सामाजिक संजाल युट्युब, टिकटक, फेसबुक रिल, इन्सट्राग्राम लगाएतमा ९० प्रतिशत प्रयोगकर्ताको रोजाइमा पर्न सफल गित “तिम्रो नयाँ जिन्दगी सफल होस्” युट्युब अडियो सार्वजनिक भएदेखि नै युट्युबको ट्रेन्डिङ रहदै आएको छ।