ISMT College कलेजका ३ सय ९० जना विद्यार्थी दीक्षित
काठमाडौँ स्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस ISMT College को दीक्षान्त समारोह सम्पन्न भएको छ । यही असार १६ गते सन्डरल्याण्ड विश्वविद्यालय (University of Sunderland UK) का उच्च तहका प्रतिनिधिको प्रमुख आतिथ्यमा र अविभावकहरुको दीक्षान्त समारोह सम्पन्न भएको हो ।
होटल याक एण्ड यतिमा सम्पन्न समारोहमा समारोहमा BBA (Business and Management), BHM, BSc. IT (CSE) उत्तीर्ण ३९० जना विद्यार्थीहरु दीक्षित भएका छन् । उक्त समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई University ले विशेष अवार्डसमेत प्रदान गरेको थियो ।
ISMT Group ले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि University of Sunderland कै सम्बन्धनमा कलेज संचालन गरि BBA (Business and Management), BHM, BSc. IT (CSE), BSc (Hons) Cyber Security and Digital Forensics र MBA कार्यक्रम संचालन गरिरहेको छ ।