कुनैपनि हालतमा ओलीलाई प्रधानमन्त्री हुन नदिने यस्तो रणनीति तय गर्दै प्रचण्ड
काठमाडौँ – प्रधामन्त्री प्रचण्ड र उनको दल केपी ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने रणनीतिमा देखिएको छ ।
संबिधानमा व्यवस्था भएको ७६ (२) अनुसार कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा या सरकारमा भएका दल फुटेमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन पाउने व्यवस्था छ। प्रधानमन्त्रीले विश्वासको मत लिएपछि विश्वासको मत प्राप्त नगरेमा ७६ (३) अनुसार नयाँ प्रधानमन्त्री बन्न ठुलो दलको हैसिएतमा राष्ट्रपतिले आवान गर्नुपर्ने हुन्छ।
तर ३ अनुसार सरकार बनेमा ठुलो दलको हैसियतले एमाले अध्यक्ष ओली होइन कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । माओवादी जसरीपनि ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्न यस्तो रणनीतिमा देखिन्छ।