चार महिनापछि प्रचण्ड फेरी प्रधानमन्त्री
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले चार महिनापश्चात फेरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने ग्यारेन्टी गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा बोल्दै पार्टी प्रमुख सचेतक मेटमणि चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई नचिढ्याउन सुझाव दिए ।
“आज जस्तो भए पनि नेपाली कांग्रेस सभापतिलाई दोषी कति पनि नदेख्नुहोला । उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला चार महिनामा परिस्थिति अनुकूल भइहाल्छ, सय प्रतिशत । आजको मितिबाट गनेर बसौँ चार महिनामा परिस्थिति अनुकूल तपाईंकै पक्षमा हुन्छ,” उनले भने ।
उनले यति भनेपछि सदनमा हाँसो गुन्जेको थियो । उनले प्रचण्डलाई अब त मान्छे चिन्नुभयो होला नि भन्दै प्रश्न गरे । उनले आफ्नो दल हिजो, आज र भोलि सधैँ प्रचण्डको साथमा उभिने वचन पनि दिए ।