ओलीविरुद्ध सार्वजनिक गरिएको ‘प्रमाण’ फर्जी रहेको दुर्गा प्रसाईंको स्वीकार
काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी सार्वजनिक गरिएको ‘प्रमाण’ फर्जी रहेको स्वीकार गरेको खुलेको छ ।
सरकारी वकिलको रोहबरमा भएको बयानको क्रममा प्रसाईले बिना चेकजाँच प्रमाण सार्वजनिक गर्दा गल्ती भएको र सो प्रमाण फर्जी रहेको स्विकारोक्ति गरेको खुलेको हो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार प्रसाईंले प्रधानमन्त्री ओलीबिरुद्धको काजग फर्जी रहेको तथ्य सार्वजनिक भएलगत्तै आफूले जानकारी पाएको बयान दिएको खुलेको छ ।
बयानका क्रममा प्रसाईंले ह्वाट्सएपमा आएको कागजलाई प्रमाणीकरण नगरी त्यत्तिकै बाहिर ल्याउनु आफ्नो गम्भीर गल्ती भएको स्वीकार गरेको ती अधिकृतको भनाई छ । ‘ह्वाट्सएपमा जस्तो कागज आयो त्यस्तै बाहिर ल्याएँ, मैले त्यसलाई पुष्टि गर्ने प्रयास गर्नुपर्थ्यो । त्यो काम नगरी कागज सार्वजनिक गर्दा गल्ती भयो’, बयानको क्रममा प्रसाईंको भनाइ उद्धृत गर्दै ती अधिकृतले भने, ‘अहिले त पुष्टि भइसकेको छ । खासमा ती कागजहरू सवै फर्जी नै थिए ।’
प्रसाईंले यही मंसिर ३ गते आफू निकटका युट्युबरहरू बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिअटा कम्पनीमा लगानी रहेको गम्भीर आक्षेप लगाएका थिए । प्रहरीले प्रारम्भिक जाँच गर्दा नै प्रसाईंको त्यो कागज फर्जी रहेको भेटिएपछि मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । सो कागजको बिषयमा अनुसन्धान अधिकृतहरूले पनि हस्ताक्षरको जाँच गराएका थिए । त्यसक्रममा पनि हस्ताक्षर नमिलेको रिपोर्ट आएको थियो ।
ह्वाट्सएपमा जस्तो कागज आयो त्यस्तै बाहिर ल्याएँ, मैले त्यसलाई पुष्टि गर्ने प्रयास गर्नुपर्थ्यो । त्यो काम नगरी कागज सार्वजनिक गर्दा गल्ती भयो । अहिले त पुष्टि भइसकेको छ । खासमा ती कागजहरू सवै फर्जी नै थिए ।