स्मार्ट फोन चलाउनु शरीरका लागि खतरा

सोमबार, १२ फाल्गुन २०८१

काठमाडौँ – नयाँ युगको जीवनशैलीले हाम्रो जीवनलाई धेरै तरिकाबाट प्रभाव त पारिरहेकै छ, यति मात्रै नभएर यसले हाम्रो शरीरको संरचनामा पनि परिवर्तन ल्याइरहेको छ । नयाँ अनुसन्धानले देखाएको छ कि–धेरै व्यक्तिको टाउका पछाडि भागमा स्पाइकजस्तो केही बाहिर निस्किरहेको छ र कुहिनोको हड्डी कमजोर हुँदै गइरहेको छ ।

शरीरका हड्डीमा देखिएका यी परिवर्तन अचम्म लाग्दा छन् । हरेक मानिसको शरीरको संरचना उसको डीएनए अनुसार तयार हुन्छ । तर, जीवनशैलीसँगै यसमा परिवर्तन पनि आउन थाल्छ ।

मोवाइल फोनको प्रयोगले मान्छेको हड्डी कमजोर बनाउँने एक अध्ययनले देखाएको छ । अमेरेकी शोधकर्ताहरुले मोवाइलका कारण कुइनाको हड्डी कमजोर भएको पत्ता लगाएका छन् । ल्यापटप, कम्प्युटर र मोबाइलमा बढी समय बिताउँनेमा गरिएको अनुसन्धानले कुहिनोको हड्डीमा असर परेको देखिएको थियो । झुकेर काम गर्ने हुम्दा हड्डिमा असर गरेको सोधकर्ताको निश्कर्ष छ ।

शोधकर्ताहरु हड्डीको बायोग्राफीलाई ‘अस्टियो बायोग्राफी’ भन्छन् । यसमा हड्डीको संरचना हेरेर उक्त शरीर भएको व्यक्ति कस्तो जीवन बिताउँछ भन्ने कुरा पत्ता लगाउने प्रयास गरिन्छ । कसरी हिँड्छ, कसरी बस्छ, कसरी सुत्छ र कसरी उभिन्छ रु भन्ने कुरा हड्डीको संरचना हेरेर पत्ता लगाउने कोसिस गरिन्छ।

आजभोलि हामी ल्यापटप, कम्प्युटर र मोबाइलमा बढी समय बिताउँछौँ । यसको अर्थ हाम्रो कुहिनो लामो समयसम्म झुकेर रहन्छ । यसले कुहिनाको उपस्थितिलाई असर गर्न थालेको छ ।

यसको उदाहरण हामी जर्मनीमा देख्न सक्छौँ । यहाँका युवाहरूको कुहिनो पहिलेको भन्दा पातलो हुन थालेको अनुसन्धानले देखाएको छ । नयाँ जीवनशैलीले हाम्रो शरीरको संरचनामा, विशेष गरी हाम्रो हड्डीलाई असर गरिरहेको छ भन्ने कुरा यसले स्पष्ट रूपमा देखाउँछ।