माओवादी केन्द्र शैक्षिक परामर्श शाखा कमिटीको अध्यक्षमा ज्ञानेन्द्रमान निर्वाचित
काठमाडौं – नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अन्तर्गत उधमी–व्यवसायी महाशाखाको शैक्षिक परामर्श शाखा कमिटीे अध्यक्षमा ज्ञानेन्द्रमान जोशी निर्वाचित भएका छन् । शाखाको दोस्रो सम्मेलनले जोशीलाई निर्विरोध निर्वाचित गरेको हो ।
शाखाको उपाध्यक्षमा भवनाथ हुमागाईं, गीता कुमारी रिजाल र फिलिप डिसी रहेका छन् भने सचिवमा सन्तोष सापकोटा निर्वाचित भएका छन् । शाखाको सह–सचिवमा गोविन्द आचार्य, कोषाध्यक्ष गौतम पुडासैनीसहित १० जना सदस्यहरू निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक बाबा बस्नेतले घोषणा गरेकी थिइन् ।
सम्मेलनले उपशाखा ‘क’ को अध्यक्षमा सूर्य खतिवडा र उपशाखा ‘ख’ को अध्यक्षमा कमरेड रविन केसीलमई निर्वाचित गरेको छ । सम्मेलनले शैक्षिक परामर्श क्षेत्रको संगठनात्मक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
शाखा अध्यक्ष युवराज कटुवालको अध्यक्षमा सम्पन्न सम्मेलनमा उपत्यका विशेष प्रदेशका सह–इन्चार्ज रमेश मल्लको प्रमुख अतिथ्यता रहेको थियो भने महाशाखा इन्चार्ज कृष्ण केसीको विशेष उपस्थिति रहेको थियो।