अस्ट्रेलियाको एआइबिटी इन्टरनेशनल कलेजपनि खारेज, एक हजार नेपाली विद्यार्थीको भविश्य के हुन्छ ?

मंगलबार, १४ जेष्ठ २०७६

काठमाडौं – अस्ट्रेलियको एआइबिटी इन्टरनेशनल कलेज पनि खारेज भएको छ । इन्टरनेशनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रा.लि (एआइबिटी इन्टरनेशनल) कलेजलाई अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी (आस्क्वा(ले मंगलबार कलेजको दर्ता खारेजी गर्ने निर्णयगरेसँगै त्यहाँ अध्ययनरत विद्यार्थीहरुको भविश्इ अन्यौल भएको छ ।

कलेज बन्द भएसंगै अध्ययनका लागि अस्ट्रेलिया गएका हजारौं नेपाली विद्यार्थी अन्यौलमा परेका छन । कन्सल्टेन्सीको गलत सल्लाह र सुझावका कारण उनीहरुको भविश्य अन्यौल भएको हो ।

यद्यपि, अस्ट्रेलियन सरकारको शैक्षिक निकायले यो निर्णय गरेता पनि सम्बन्धित निकायले माथिल्लो निकायमा पुनरावलोकन गर्ने अधिकार रहेका कारण विद्यार्थीको भविश्य माथि झिनो आशा भने बाँकी । तीन महिनाअघि एकै नामको एआइबिटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसक्दा र खारेजीमा पर्दा हजारौं नेपाली विद्यार्थी अलपत्र परेका थिए । दुवै कलेज एकै व्यक्ति र संस्थाबाट सञ्चालित रहेको तथ्य सार्वजनिक भएको छ ।

यसरी पटकपटक नेपाली विद्यार्थीहरूको संख्या अधिक भएका यस्ता कलेजहरूको दर्ता खारेजीले उनीहरूको भविष्यमाथिनै खेलवाड गरेको देखिन्छ । एआइबिटी र एआइबिटी इन्टरनेशनल एकै स्वामित्वमा रहेका दुई भिन्दाभिन्दै कलेज हुन्।

यस अघि डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा सम्बन्धित निकायको सम्बन्धन नै प्राप्त गर्न नसकेको कलेजमा पढेका हजारौं नेपाली विद्यार्थी अहिले पनि खारेजी र त्यसको असरमा झुलिरहेको परिस्थितिमा पुनः सोही नामको इन्टरनेशनल कलेज बन्द भएपछि हजारौं विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।

यतिखेर झन्डै पचास हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत छन् । एआइबिटी इन्टरनेशनल कलेजको खारेजीपछि त्यहाँ अध्ययनरत हजारौं विद्यार्थीको भविष्य के हुने भन्ने विषय पुनः सोचनिय बनेको छ।

यसअघि कलेजको खारेजी र स्टे अर्डरको चक्करमा विद्यार्थीहरू रुमल्लिरहेका छन् ।

विदेश जाने रहर, हतारमा निर्णय र गलत सूचना प्रवाह तथा नैतिक जिम्मेवारिताको कमी अनि अस्ट्रेलियन शैक्षिक नीतिका कमजोरीका कारण अस्ट्रेलियामा सुन्दर भविष्यको खोजीमा उच्च अध्ययनका लागि आएका हजारौं नेपाली विद्यार्थी अन्यौलमा परेको स्पष्ट देखिन्छ।