हलभित्रकार्यक्रम, बाहिर महेश बस्नेतविरुद्ध नाराबाजी
काठमाडौं— नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध सुर्खेतमा युवाहरुले नाराबाजी गरेका छन् ।
राष्ट्रिययुवा संघ नेपालको युवा जागरण अभियान प्रारम्भ गर्न सुर्खेत आएका बस्नेतविरुद्व जेनजीयुवाहरुले नाराबाजी सहितकार्यक्रममा अवरोध गर्न खोजेपछि सुर्खेतमा सुरक्षा व्यवस्था कडापारिएको छ ।
बस्नेतलगायतका एमाले नेताहरु सुर्खेत आउन लागेको खवर पाएपछि जेन्जीहरुले अवरोध प्रयास गरेका छन् । जिल्ला समन्वय समिति सुर्खेतको हलमा युवा संघको कार्यक्रम भईरहँदा बाहिर जेनजीहरुको नाराबाजी कायमै छ ।
एमाले नेतामहेशबस्नेत बिरुद्ध लेखिएका प्लेकार्ड बोकेका युवाहरुले कार्यक्रम स्थलबाहिर प्रदर्शन गरिरहेका छन् । सम्भावित मुडभेडको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा तैनाथिबढाइएको स्थानीयप्रशासनले जनाएको छ ।
युवा संघले थालेको अभियानले कर्णालीकायुवाहरूमा चेतना, सहभागिता र नेतृत्व विकासमा मद्दत गर्ने बस्नेतले बताएका छन् ।