बीमामा रहेको वेतिथिलाई हटाउने काम प्राथमिकतामा राखेको छौं : मन्त्री सुधा

बुधबार, १० मंसिर २०८२

काठमाडौं — स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधाशर्मा गौतमले औषधीको व्यवस्थापन, आपूर्ती र बीमामा रहेको वेतिथि हटाउने कुरालाई प्राथमिकतामा राखेको बताएकी छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्यमन्त्रालय अन्तरगत समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तीमा र बीमा भएको भन्दै यो तीनवटा कुरालाई प्राथमिकतामा राखेको बताईन् ।

उनले भनिन्, ‘यो सरकार जेनजीको भावना अनुरुप बनेको नागरिक सरकार हो ।

यसमा हामीले जेनजीकै भावना अनुरुप भ्रष्टाचार निर्मूलको लागि प्रतिज्ञा गरेका छौ र हाम्रो प्रणाली सुदृढिकरण गर्नको लागि प्रतिज्ञा गरेका छौ ।

मैले स्वास्थ्यमन्त्रालयको नेतृत्वलिदैँ गर्दा समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तीमा र वेतिथिको पराकाष्टमा रहेको भनेको बीमाहो । यो तीनवटा कुरालाई मैले आफ्नो प्राथमिकतामा राखेको छु ।’

यस्तै, उनले आगामी दिनहरुमाफेरि औषधीको गुणस्तर, मूल्य, प्रणाली र त्यसको अनुगमनआदिकाबारेमा कुनैगुनासो नआओस भनेर त्यो प्रकारको पूर्व तयारी गर्न लागि रहेको पनि बताईन् ।

बीमाको सन्दर्भमा हालभएको बीमालाई नै कसरी सुधार गर्न सकिन्छ र के गरेर जाने भन्ने कुरामा गहन छलफल गर्नुपर्ने भन्दै अहिले यसमाअध्ययनको क्रम जारी रहेको पनिउनले जानकारी दिइन् ।