दी अफिसियललाई बर्ष २०२५ मा उत्साहजनक सफलता, २०२६ मा नयाँ प्रोडक्ट ल्याउँदै
काठमाडौं – शैक्षिक कन्सल्टेन्सीमाँझ लोकप्रिय बि टु बी कम्पनी दी अफिसियल रिप्रिजेन्टेटिभले बर्ष २०२५ मा उत्साहजनक सफलता हात पारेको छ । बेलायतका चार विश्वविद्यालयलाई लिएर नेपालमा मार्केटिङ गरिरहेको दी अफिसियलले विद्यार्थी, शैक्षिक परामर्श व्यवसायी र विश्वविद्यालयको विश्वास जित्दै सफलताको हात पारेको हो ।
बर्ष २०२५ मा सयौं शैक्षिक परामर्श व्यवसायी, हजारौं विद्यार्थीहरुलाई सहयोग गरेको दी अफिसियलले सन् २०२६ मा पनि व्यापार विस्तार गर्दै नयाँ उचाँई हांसिल गर्ने लक्ष्य लिएको छ । दी अफिसियलका प्रवक्ता कमल खड्काले आगामी बर्ष अस्ट्रेलियास्थित शैक्षिक संस्था पनि सहकार्यमा आउने बताए ।
‘बर्ष २०२५ मा हामीले बेलायतका विश्वविद्यालय प्रमोट गरेका थियौं । २०२६ मा अस्ट्रेलियाका विश्वविद्यालय, कलेजहरुको प्रमोट गर्ने योजना बनाएका छौं ।’, खड्काले भने, ‘बेलायतको जस्तै अस्ट्रेलियामा विद्यार्थी सिफारिस गरेर व्यवसायीको साथ, सहयोग पाउने अपेक्षा गरेका छौं ।’ बेलायतको विपिपि विश्वविद्यालयले अस्ट्रेलियामा पनि कलेज खोलेपछि दी अफिसियलको टिम उत्साहित भएको छ ।
यो टीमले नेपालबाट बेलायतको विपिपि विश्वविद्यालय, युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्याण्ड लण्डन क्याम्पस, युनिभर्सिटी अफ इस्ट लण्डन र रोह्याम्पट युसिनभर्सिटीको नेपालमा मार्केटिङ गर्दै आएको छ । नेपालमा बेलायत काम गर्न व्यवसायीले आँट नगरिरहेका बेलामा दी अफिसियलले व्यवसायीमा उत्साह भरेको थियो । त्यही उत्साहका कारण दी अफिसियलले सफलताका अर्को सिँडी उक्लिन सफल भएको हो ।
नेपालमा काम गर्न सुरु गर्दैगर्दा केही व्यक्ति र संस्थाका कारण आफूहरु सफल भएको दी अफिसियलका कन्ट्री म्यानेजर शिव केसीले बताएका छन् । ‘हाम्रो यो सफलतामा इक्यानको ठूलो हात छ । हाम्रो सफलताको केही हिस्ता इक्यान र इक्यानको टिमलाई दिन चाहन्छौं ।’, केसीले भने, ‘समग्रमा बर्ष २०२५ हाम्रो लागि सफलताको बर्ष रहयो ।’ केसीले आगामी दिनमा पनि व्यवसायी, विद्यार्थी र विश्वविद्यालयको साथ रहनेमा विश्वास व्यक्त गरेका छन् ।
दी अफिसियलले पोखरामा केन्द्रीय कार्यालय राखेर काठमाडौं, चितवन, बुटवल, बिर्तामोर्ड, इटहरी, विराटनगर लगायतका सहरमा आफ्नो सेवा विस्तार गरिरहेको छ । बेलाबेलामा विभिन्न खालका इभेन्ट आयोजना गर्ने, शैक्षिक कन्सल्टेन्सीको कार्यालयमै गएर तालिम दिने, विद्यार्थीसँग अन्तरक्रिया गर्ने भएकाले छोटो समयमै दी अफिसियल लोकप्रिय बन्न सफल भएको हो ।
