प्रधानमन्त्री सुशीला कार्कीको अर्को काण्ड बाहिरियो

बिहिबार, ११ मंसिर २०८२

काठमाडौं— सचिवालयमा आफन्तलाई भर्ति गरेकोदेखि युवतीको डिम्ब तस्करी गर्नेलाई जोगाएको काण्ड सेलाउन नपाउँदै प्रधानमन्त्री सुशीला कार्कीको अर्को काण्ड बाहिरिएको छ ।

कार्कीले एक करोड २० लाख पर्ने सरकारी जग्गा कब्जा गरेर संरचना बनाइ भोगचलन गरिरहेकी छन् । अरुले कब्जा गरेको सरकारी सम्पत्ति फिर्ता ल्याउन पहल गर्नुपर्नेमा काठमाडौंको टोखा नगरपालिका–४, धापासीमा रहेको ३ आना जग्गा कार्कीले कब्जा गरेकी हुन् ।

सो घर श्रीमान दुर्गाप्रसाद सुवेदीको नाममा छ । उनीहरुले त्यहाँ घर बनाएको दशकौं बितिसकेको छ । कित्ता नम्बर ८ रहेको जग्गाको कूल क्षेत्रफल ६ आना एक पैसा दुई दाम मात्रै हो । तर,९ आना एक पैसा जग्गा अतिक्रमण गरेर भोगचलन गरिरहेको अवस्था छ । त्यहाँ सुरक्षाकर्मी बस्नका लागि अस्थायी संरचना निर्माण गरिएको छ ।

२०७३ सालमा कार्की पहिलो महिला प्रधानन्यायाधीश नियुक्त हुँदा ठूलो संख्यामा सुरक्षाकर्मी दिइएको थियो । उनीहरुलाई राख्न ठाउँ पर्याप्त नभएको भन्दै अस्थायी संरचना निर्माण गरिएकोमा अहिलेसम्म हटाइएको छैन । अहिले पनि अस्थायी संरचना छ । उनले सरकारी जग्गा कब्जा गरेको गुनासो आएपछि वडा कार्यालयले अमिन खटाएर २०७६ सालमा जग्गा नापी गरेको थियोे ।

नत्र सरकारी जग्गा घेरेर किन पर्खाल लगाउँथिन् ? कसैले थाहा पाउँदैन भनेर पर्खाल घेरिन् । गलत कामको आयु लामो समय हुँदैन भनेझैं उनको पनि बाहिर आइहाल्यो ।’ हाल त्यहाँको जग्गाको मूल्य आनाकै ४० लाख रुपैयाँ छ । जसअनुसार उनले एक करोड २० लाख रुपैयाँको जग्गा हड्पेकी छन् ।

नापीको क्रममा सरकारी जग्गा कब्जा गरेको प्रमाणित भयो । सरकारले चाहेको बेला जग्गा खाली गर्ने भनितापनि अटेर गरिरहेको अवस्था छ । वडाध्यक्ष धर्म श्रेष्ठले कार्कीको घरको एउटा साइडले सरकारी जग्गा कब्जा गरेको पुष्टि गरे । उनका अनुसार कार्कीले भोगचलन गरेको सरकारी जग्गाको क्षेत्रफल तीन आना रहेको छ ।

उनले भने,‘उहाँको घरको एउटा साइडमा सरकारी जग्गा छ । उहाँले त्यो भोगचलन गरिरहनुभएको छ । हामीले पहिल्यै त्यहाँ नापी गरेर चिन्ह लगाएका थियौं । उहाँले नेपाल सरकारले भनेको बेला सरकारी जग्गा खाली गरिदिने मौखिक प्रतिबद्धता जनाउनुभएको छ ।’ वडाध्यक्ष श्रेष्ठका अनुसार कार्कीलाई त्यो जग्गा मिलाइदिने स्थानीय देवकुमार श्रेष्ठ हुन् ।

त्यस्तै,उनले तत्काल जग्गा खाली नगराउने बताए । ‘हामीले सार्वजनिक जग्गा संरक्षण अभियान चलाएका छौं । सरकारी जग्गामा बनेको संरचनामा डोजर चलाइरहेका छौं । तर,उहाँको तत्कालचाँहि हटाउँदैनौं । उहाँले आफैंले हटाउनुभयो भने भइहाल्यो,नत्र के गर्न सकिन्छ,त्यहीअनुसार अघि बढ्छौं’,उनले भने ।