बुद्ध एयरको जहाज चरासँग ठोक्कियो
काठमाडौँ — बुद्ध एयरको जहाज चरासँग ठोक्किएको छ । शनिबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको हो ।
फ्लाइट नम्बर ६१७ रहेको बुद्ध एयरको जहाजमा सवार यात्रु र चालक दल सुरक्षित रहेका बुद्ध एयरले जनाएको छ । जहाजलाई पोखरास्थित प्राविधिक टिमले चेकजाँच गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा