छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
काठमाडौं— इलाम नगरपालिका-९ भञ्ज्याङ गोलाईस्थित सडकमा प्रदेश १-०१-००१ ख ४१०१ नम्बरको ट्रक र प्रदेश १-०१-०१२ प ४८९९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार इलाम नगरपालिका-९ गोलबस्ती बस्ने २६ वर्षीय डेविट थापा मगर र माईजोगमाई गाउँपालिका-१ नयाँबजार घर भएका १८ वर्षीय छेवाङ शेर्पाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, बागमती नगरपालिका—४ जिरायत चोकमा ना.३ च ९५०० नम्बरको पिकअप गाडीलेप्र.२-०२-००४ प३५०८ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१२ बस्ने ३२ वर्षीय श्याम दंगाली मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरोअस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो ।
पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, लक्ष्मीनिया गाउँपालिका—७ सेन्ट्रल अस्पताल नजिकै सडकमा प्र-२-०३-००१ च २८७८ नम्बरको बोलेरो पिकअपले प्र-२-०१-००३ प ६८०० नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सिराहा बरियारपट्टी गाउँपालिका-२ श्रीपुर बस्ने ३५ वर्षीया रामपरी साफीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको थप उपचारको लागि वीर अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सेन्ट्रल अस्पताल लक्ष्मीनियामा र मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि वीर अस्पताल काठमाडौं रिफर गरिएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुली, दुधौली नगरपालिका-२ गागनस्थित सडकमा बा-३ ख ७४६२ नम्बरको बस र ज-८ प ८१६४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-३ बस्ने २५ वर्षीय महेश कुमरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको दुधौली नगर अस्पताल सिर्थौलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-९ मंगलापुरस्थित सडकमा बा.१५ च ८५४५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ शंकरपुर कविराजपथ बस्ने ६३ वर्षीय मेघनाथ आचार्यको शनिबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जुम्ला, पातारासी गाउँपालिका-१ माझचौरस्थित सडकमा क.प्र.०२-००१ त ०१३८ नम्बरको ट्याक्टरको ठक्करबाट सोही गाउँपालिका-२ चेरे बस्ने गोर बहादुर बुढाको छोरो १५ वर्षीय नन्नराम बुढाको घटनास्थलमै शनिबार बेलुकी मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, गोदावरी नगरपालिका-५ गेटास्थित सडकमा से.१ क ११८२ नम्बरको बसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने १३ वर्षीय अनुप महराको शनिबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१६ गणेशटोलस्थित सडकमा प्रदेश२-०३-००६ प ८१३४ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका-१६ नगवा बस्ने ५५ वर्षीया सुमित्रा देवीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।